site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चाम्लिङ भाषा साहित्यबारे विमर्श 

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा गर्दै आएको मातृभाषा साहित्य शृंखलाको अर्को अंक सम्पन्न भएको छ । सोअवसरमा चाम्लिङ भाषा साहित्यबारे विमर्श गरिएको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रत्येक भाषाको महत्व समान रहेको बताए । उनले तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ पठनीय भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मातृभाषाका सम्बन्धमा आफैं जागृत हुनुपर्ने बताए । 

कार्यक्रममा चाम्लिङ राई भाषाका अध्येता तिलक चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन, पाठयपुस्तक प्रकाशन, पत्रपत्रिका प्रकाशन, सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका विषयमा चर्चा गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्