site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१५ महिनापछि माधव नेपाल प्रधानमन्त्री : चौधरी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिए । 

"१५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अनिमात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ," उनले भने । 

बुधबार बसेको संसदीय दलको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । उनले सहमति कार्यान्वयन हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro