site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी मोटर्सको ईभी चार्जिङ एप सार्वजनिक
SkywellSkywell

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले ‘पारामाउन्ट चार्जिङ सोलुसन’ एप सार्वजनिक गरेको छ । यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रक्रिया पूरा गर्न सक्नेछन् । चार्जिङ शुल्क ‘खल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहकहरूको अनिवार्य ‘खल्ती एप’ हुन जरूरी छ । कम्पनीले ग्राहकहरूलाई ‘खल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डीसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्‍याउने छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ । 

साथै यस एप अन्तर्गतको आरएफआइडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् ।

ग्राहकहरूले आरएफआइडी कार्ड कम्पनीबाट लिनको लागि भ्याटसहित ५०० रुपैयाँको वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मेसिन र स्टेसनहरूको मर्मतमा खर्च गरिने तथा प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ ।

साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङसम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । एमजी आरएफआइडी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरूले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् ।

अनलाइन फारम भर्नको लागि www.mgmotors.com.np/rfid-request-form मा जान सकिनेछ भने अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ ।   

आरएफआईडी फारम भर्दा ग्राहकहरूले आफ्नो सुविधाअनुसार कार्ड डेलिभरीका लागि नजिकैको सोरूम रोज्न सक्नेछन् । नेपालमा हाल एमजीको २१ वटा सोरूमहरू छन् । पारामाउन्ट मोटर्सले नेपाल विद्युत् प्राधिकरणले तोकेको दरमा प्रतियुनिट दरमा थप २० प्रतिशत शुल्क लागु गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu