site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभालाई प्राविधिक रूपमा मात्रै राख्ने तरिकाले अगाडि जाँदैन : कृष्ण सिटौला

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभालाई सामान्य प्राविधिक रूपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले राष्ट्रियसभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रूपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले अगाडि जान नसक्ने बताएका हुन् । उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रूपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने बताए ।

Dabur Nepal
NIC Asia

उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । राज्य सञ्चालकहरूले जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रूपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने उनले बताए ।

उनले भने, "जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भीर छौँ । र गम्भीरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रियसभालाई एउटा प्रवुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रूपमा मात्रै राख्ने तरिकाले राष्ट्रियसभा अगाडि जाँदैन । हामी नेपाली कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro