site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावर प्लेमा नेपाललाई दुई विकेट, पीएनजीले कटायो ५० रन 

काठमाडौं । हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो इनिङको पहिलो पावर प्लेमा नेपालले दुई विकेट लिएको छ ।

मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ५७ रन बनाएको छ ।

पीएनजीबाट हाल क्रिजमा रहेका हिरी हिरी १८ र कप्तान असद भाला तीन रन बनाएर खेलिरहेका छन् ।

नेपालका प्रतिश जिसीले एक विकेट लिए । नेपालले अर्को एक विकेट रनआउटबाट हासिल गरेको हो ।

शृंखलमा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । पीएनजीको यो पहिलो खेल हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro