site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपामा असन्तुष्टि, निर्णय प्रक्रियाका विषयमा केन्द्रीय नेताहरूले जनाए आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । सरकारमा सहभागिता र मन्त्री पठाउने विषयमा छलफल नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि व्यक्त गरिएको छ । सोमबार चःमतीमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा असन्तुष्टि व्यक्त गरिएको एक नेताले बताए ।

बैठकमा सहभागी ती नेताका अनुसार, नयाँ भनिए पनि निर्णय प्रक्रिया पुराना दलको जस्तै भएको भन्दै केन्द्रीय नेताहरूले आपत्ति जनाएका थिए ।

Dabur Nepal
NIC Asia

“प्रक्रियामा प्रश्न उठ्यो । केन्द्रीय समितिमा छलफल नगरी किन सरकारमा गएको‚ मन्त्री पठाउँदा किन छलफल नगरेको भन्दै आवाज उठेको छ‚” ती नेताले बाह्रखरीसित भने ।

केन्द्रीय नेताले आवाज उठाएपछि सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले सरकारमा सहभागितालाई अवसरको दृष्टिबाट हेरिनुपर्ने तर्क गरेका थिए । अवसर सदुपयोग गर्ने निर्णयमा पुगेको भन्दै उनीहरूले जनताको पक्षमा काम गरेर देखाउने वाचा गरेका ती नेताले जानकारी दिए ।

इलाम क्षेत्र नम्बर–२ मा रास्वपाको माहोल राम्रो भएको र उपनिर्वाचन जित्न सकिने जिल्ला पुगेर आएका ६ नेताले बैठकमा ‘बिफ्रिङ’ गरेका थिए । स्थानीय उमेदवारलाई प्राथमिकता दिनुपर्ने भन्दै उनीहरूले माहोल पार्टीको पक्षमा भएको बताएका थिए ।

उमेदवार छनोटबारे महामन्त्री मुकुल ढकाल‚ सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताले छलफल गरेर अर्को बैठकमा प्रस्तुत गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro