site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्याल्पो ल्होसारमा सरकारले दिएको बिदा किन विवादमा ?
शेर्पा समुदायका महिला । फाइल तस्बिर ।

काठमाडौं । सरकारले दिएको सोमबारको सार्वजनिक बिदा विवादमा परेको छ । सरकारले सोमबार शेर्पा समुदायको ग्याल्पो ल्होसार (नयाँ वर्ष)का अवसरमा सार्वजनिक बिदा दिएको हो ।

तर, ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाएकाले सोमबारको बिदाको कुनै अर्थ नरहेको शेर्पा समुदायको भनाइ छ । तिथिअनुसार माघ २७ गते नै शेर्पा समुदायले सोनामसँगै ग्याल्पो ल्होसार मनाएको थियो ।

शेर्पा समुदायको पर्वका बारेमा जानकारी नभएका व्यक्तिले तिथि तोक्दा नमिलेको नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले टिप्पणी गरे । “शेर्पा समुदायको पर्वका बारेमा जानकार नरहेका पञ्चाङ्ग निर्णायक समितिका व्यक्तिले निर्णय गर्दा फरक परेको हो,” उनले बाह्रखरीसित भने, “हामीले एक महिना पहिले नै ग्याल्पो ल्होसार मनाइसक्यौँ ।”

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको तिथिअनुसार नै सरकारले बिदा दिएको स्पष्ट पारे ।

“यो अहिलेको निर्णय होइन । पञ्चाङ्ग निर्णायक समिति र नेपाल राजपत्रमै प्रकाशित भएर बिदा दिइएको हो । यसमा कन्फ्युज हुने कुरा छैन,” भट्टराईले भने ।

पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले ग्याल्पो ल्होसार सोमबार (फागुन २८) नै परेको जिकिर गरे । “ग्याल्पो ल्होसार फागुन शुक्लापक्षमै मनाइने पर्व हो । त्यो आज नै हो । बौद्धतिरका शेर्पाहरूले आज नै मनाइराखेका छन्,” ढुंगेलले भने, “कतिपयले तिब्बती क्यालेन्डरअनुसार मनाए भन्ने पनि छ । तर, मुख्य त आज नै हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro