site stats
बाह्रखरी :: Baahrakhari
खेल
थ्री एक्स थ्री बास्केटबलमा महिलाको सेमिफाइनल र पुरुषको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुला थ्री एक्स थ्री बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह 'ए' बाट ललितपुर 'ए' र पोहिलो नेपाल सेमिफाइनल पुगेका छन् । समूह 'बी' बाट आईआईएमएस र आईएसए नेपाल सेमिफाइनल पुगेका छन् । अब सेमिफाइनलमा ललितपुर 'ए' ले आईएसए नेपाल तथा आईआईएसएमले पोशिलो नेपालसँग खेल्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, पुरुषतर्फ आइतबारको खेलपछि क्वाटरफाइनल पुग्ने आठवटै टोलीको टुंगो लागेको छ । विभागीय टोली आर्मीको 'ए', 'बी' र 'सी' टोलीसहित हाउन्ड्स एकेडेमी 'ए', टाइम्स 'ए', बंगलादेश नेभी, बीएमके क्लब,  र ललितपुर 'बी' अन्तिम आठमा पुगेका हुन् । 

प्रि–क्वार्टरफाइनलमा आर्मी 'ए'ले ललितपुर 'ए'लाई २१–१५ ले, आर्मी 'बी'ले हाउन्ड्स एकेडी 'सी'लाई २१–८ ले र आर्मी 'सी'ले कीर्तिपुरलाई २१–१७ ले हरायो । यस्तै हाउन्ड्स एकेडेमी 'ए'ले टाइमआउट 'बी'लाई २१–१० ले, टाइम्स 'ए' ले टाइमआउट 'ए'लाई २१–१७ ले, बंगलादेश नेभीले टाइम्स 'बी'लाई २१–१८ ले, बीएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलाशेलाई २१–२० ले तथा ललितपुर 'बी' ले बर्न टु हुपलाई २१–१९ ले हरायो ।

अब पुरुषको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछ ।

पुरुषतर्फ ३२ तथा महिलातर्फ आठ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, महिलामा विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष र महिला दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २३:२९
प्रतिक्रिया दिनुहोस्