site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा गएका चार नेपालीले उद्धारका लागि भारतलाई गुहारे

काठमाडौं । रुसी सेनामा भर्ती भएका चार जना नेपालीले उद्धारका लागि भारत सरकारसँग गुहार मागेको एक भिडियो सन्देश सार्वजनिक भएको छ । हिन्दीमा सम्बोधन गरेका उनीहरूले नेपालबाट सहयोग नपाएको गुनासो गर्दै भारत सरकारलाई उद्धार गरिदिन आग्रह गरेका छन् ।

सञ्जय, राम, सन्तोष र कुमार श्रेष्ठ नाम गरेका युवाहरूको भिडियो सन्देशलाई 'द वायर'ले पोस्ट गरेको छ । द वायरका अनुसार उनीहरूले युक्रेनको दोनेत्स्कबाट भिडियो सन्देश पठाएका हुन् ।

"हामीसँग तीनजना भारतीय साथी थिए, उनीहरूलाई भारतले फिर्ता लगिसक्यो । तर, हाम्रो दूतावासबाट कुनै पनि सहयोग भइरहेको छैन, हाम्रो देशबाट केही पनि लागेको छैन," उनीहरूले भनेका छन् ।

Dabur Nepal
NIC Asia

आफूहरू भारतले उद्धार गरिदिनेमा निकै आशावादी रहेको उनीहरूको भनाइ छ । भारत र भारतीय दूतावास बलियो रहेकाले आफूहरूको उद्धार हुने उनीहरूको विश्वास छ ।

"भारतले हामीलाई सहयोग गर्नेमा हामी निकै आशावादी छौँ । हामीलाई विश्वास छ, भारतले हामीलाई निराश पार्ने छैन । किनकि नेपाल र भारतबीच निकै राम्रो सम्बन्ध छ । त्यसले हामीले तपाईंसँग सहयोग मागिरहेका छौँ । किनकि तपाईंहरूको दूतावास पनि बलियो छ, देश पनि बलियो छ । हाम्रो नेपालबाट केही पनि हुन सकिरहेको छ," भिडियोमा भनिएको छ ।

उनीहरूले सुरुमा आफूहरूसँग ३० जना रहेकोमा अहिले पाँच जनामात्र रहेको पनि बताएका छन् ।

उनीहरूले के भनेका छन् भिडियोमा ?

हामी अहिले रुसी आर्मीमा छौँ । हामी हाम्रो देश नेपालबाट आएका हौँ । तर, अहिले हामीलाई निकै समस्या भइरहेको छ । एजेन्टले हामीलाई झुट बोलेर यहाँ पठाएको हो । एजेन्टले हामीलाई रुसी आर्मीको हेल्परका लागि भनेर पठाएको थियो । तर, यहाँ आएर हामीले युद्धमा लड्न परिरहेको छ ।

हामीसँग तीजना भारतीय साथी थिए, उनीहरूलाई भारतले फिर्ता लगिसक्यो । तर, हाम्रो दूतावासबाट कुनै पनि सहयोग भइरहेको छैन, हाम्रो देशबाट केही पनि लागेको छैन ।

त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग सहयोग माग्न चाहन्छौँ । भारतले हामीलाई सहयोग गर्नेमा हामी निकै आशावादी छौँ । हामीलाई विश्वास छ, भारतले हामीलाई निराश पार्ने छैन । किनकि नेपाल र भारतबीच निकै राम्रो सम्बन्ध छ । त्यसले हामीले तपाईंसँग सहयोग मागिरहेका छौँ । किनकि तपाईंहरूको दूतावास पनि बलियो छ, देश पनि बलियो छ । हाम्रो नेपालबाट केही पनि हुन सकिरहेको छ ।

यहाँ रहेका हामी सबै नेपालीहरू घर फर्किन चाहन्छन्, हामीसँग फ्रड भएको छ । हामीलाई सहयोगीका लागि भनेर पठाइएको थियो, युद्धमा जानुपरिरहेको छ । हामी ३० जना थियौँ, तर अहिले हामी पाँचजना मात्र बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही घाइते छन् ।

हामी तपाईंसँग सहयोग माग्न खोजिरहेका छौँ । सक्नुहुन्छ भने हामीलाई पनि यहाँबाट निकाल्नुहोस् । नमस्कार ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro