site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यापार प्रवर्धन गर्न उद्योग संगठन मोरङ र बंगलादेशका राजदूतबीच छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा द्विदेशीय उद्योग व्यवसायको प्रवर्धनबारे बंगलादेशका राजदूतसँग विराटनगरमा छलफल भएको छ । उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा हुन सक्ने सहकार्य तथा साझेदारीको सम्भावना विषयमा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग आइतबार छलफल भएको हो ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेशबीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “समस्या समाधान गर्न सहजीकरण हुनसके दुवै देशको व्यापार प्रवर्धनमा फाइदा पुग्न सक्छ ।”

अध्यक्ष सुरानाले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरूसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिए । साथै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन र्‍‍यालीमा बंगलादेशका उद्योगीहरूबीच सम्बन्ध विस्तारमा आवश्यक सहजीकरण गर्नसमेत आग्रह गरे ।

राजदूत चौधरीले नेपाल र बंगलादेशबीच धेरै क्षेत्रहरूमा सहकार्यको प्रचुर सम्भावना रहेको बताए ।

“दुई मुलकका औद्योगिक तथा व्यवसायीहरूबीचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर छ,” उनले भने, “निर्यातमा देखिएका समस्या समाधान गर्न मेरो तर्फबाट पहल र प्रयास रहने छ ।”

राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रियस्तरको र्‍याली आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्