site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ अन्तर्राष्ट्रिय सैन्य सहायता कार्यालयका उपप्रमुख र प्रधानसेनापतिबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय सैन्य सहायता कार्यालयका उपप्रमुख मेजरल जनरल झांग बाओकुनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार शर्मा र बाओकुनबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । 

“भेटघाटका अवसरमा दुई छिमेकी देशहरूका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीच रहीआएको सम्बन्धका विविध पक्षहरू एवं आपसी चासोका विषयमा छलफल भयो,” नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बाओकुनको नेतृत्वमा चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डल शनिबार काठमाडौं आएको हो । प्रतिनिधिमण्डलले काठमाडौं, लुम्बिनी र पोखराका विभिन्न साँस्कृतिक र पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

चारदिने नेपाल भ्रमणमा आएको ६ सदस्यीय चिनियाँ सैन्य टोली फागुन २९ गते स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro