site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई गिरिजाले देशको जिम्मेवारी दिएर जानुभएको छ, उहाँले उथलपुथल गर्नुहुन्छ : पौडेल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सक्नेले उथलपुथल गर्ने दाबी गरेका छन् । उनले यो गठबन्धन भोलि फुट्ने अपेक्षा गर्नु स्वभाविक भए पनि बाँकी चार वर्ष निरन्तर जाने दाबी गरे । हिजो गठबन्धन तोडेर गल्ती भएको पनि बताए । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले कांग्रेसले लगाएको राजनीतिको बेइमानीको पनि भत्र्सना गरे । कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश चलाउने जिम्मा लगाएर गएको पनि उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँले ठिकै व्यक्ति छान्नुभएछ यो देश सबै हिसाबले सम्हाल्नुहोला भनेर प्रचण्डलाई जिम्मा लगाएको साँचो हो । उथलपुथल शब्दको प्रयोगमा कोही पनि आतंकित हुन जरुरी छैन,” उनले भने, “सक्नेले हो उथलपुथल गर्ने ।” 

उनले कांग्रेसलाई गिरिजाप्रसाद कोइरालाको स्मरण गर्न अनुरोध गरे । उनले केही समय अघि राष्ट्रपति निर्वाचनमा अन्य दबाबको बावजुद पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जिताएको नबिर्सन अनुरोध गरे । साथै उनले महासमिति बैठकमा शान्ति प्रकृया र यससम्बन्धी विषयमा भएको छलफलमा पनि आपत्ति जनाए । 

Global Ime bank

“सात सालमा कांग्रेसको क्रान्ति ग¥यो । १७ सालको घटनाको कुरा हामीले कतै उठाएको छ ? छैन नि । अहिले गठबन्धनमा हुँदा तत्कालीन आवश्यकताको क्रान्तिको विषयमा तपार्इंंहरूले छलफल गर्ने,” उनले प्रश्न गरे, “तपाईंहरूले भाषा शब्द प्रयोग गर्दा मनमा चिसो पसेन होला ? ख्याल गर्नुपर्दथ्यो होला नि । आज गिरिजाप्रसाद कोइराला सम्झेको छु उहाँ भएको भए यस प्रकारको पदावली आउने थिएन ।” उनले देशमा द्वन्द्व तथा कसैले बन्दुक नबोकेको अवस्थामा यो खाले दस्तावेज किन भन्दै प्रश्न गरे । 

“तपाईंहरूले पनि आन्दोलन गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न हामीले पनि ग¥यौं । एक आनदोलनले अर्को आन्दोलनलाई सम्मान गर्नुपर्छ । कटाक्षबाट माथि उठौँ,” उनले भने । 

उनले गठबन्धन नगर्ने भन्ने कांग्रेसको धारणामा पनि आपत्ति जनाए । २६ सिटे पार्टीलाई पहिलो दल बनाउँदा पनि माओवादी गलत नहुने उनको भनाइ थियो । “हामीले पनि भोट पायौँ तपाईंलाई पनि हाल्यौँ पहिला २६ सिटमा हुनुहुन्थ्यो केही बेइमानी छैन अनि पो ठूलो पार्टी बन्नुभयो । हामीले १६५ मा ४३ लिएर समर्थन गरेको हो नि । यो नबिर्सनुहोला । भविष्यमा पनि सहकार्य गर्नुपर्छ,” उनले थपे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement