काठमाडौं । संसद्मा दलहरूको आसन फेरबदल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलगायत दलसितको सहकार्य तोडेर नेकपा (एमाले)सहितको गठबन्धन बनाएपछि आसन फेरिएको हो ।
यसअघि प्रमुख प्रतिपक्षमा रहँदै आएको एमाले सत्तापक्ष भएको छ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तापक्ष भएको छ ।
यसअघि सत्तापक्षमा रहँदै आएको कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ । यसअघि सरकारमा रहेका अरू दलहरूको आसन पनि फेरिएको छ ।
यसअघि सत्तापक्षमा रहेको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) भने सत्तापक्षमै छन् ।
एमाले सांसद भीम आचार्यले सदनमा ‘साइड’ फेरिएको बताए । “सत्तापक्ष र प्रतिपक्षका साइडहरू चेन्ज भएका छन्,” उनले भने ।
थप तस्बिर हेर्नोस्–