site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनको बैठकमा सिट बाँडफाँटपछि मन्त्रालयको टुंगो लगाउँदै जसपा 

काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने तयारीमा जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय गरिसकेको छ । तर, कति र कुन कुन मन्त्रालय लिएर सरकारमा जाने भन्ने निर्णय भने गरिसकेको छैन । 

जसपा गठबन्धनमा सिट बाँडफाँट भएपश्चात् मात्र मन्त्रालयको टुंगो लगाउने तयारीमा छ । यसका लागि आज बस्ने गठबन्धन दलको बैठकमा पार्टीको चासो भएको पार्टी प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“पहिले गठबन्धनको बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाएपछि मात्र कति र कुन मन्त्रालय भन्ने टुंगो लाग्छ । त्यसपश्चात् मात्र कसलाई कुन मन्त्रालयमा पठाउने निर्णय पार्टीले गर्नेछ,” उनले भने । 

यादवका अनुसार पार्टीले कति र कुन मन्त्रालय लिएर सरकारमा जाने भन्ने निर्णय लिइसकेको छैन । यसका लागि पार्टीले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । “हामीले केन्द्रीय कार्यकारिणी बैठक बोलाएका छौँ । उक्त बैठकले टुंगो लगाउनेछ,” उनले थपे । 

जसपाले तीन मन्त्रालय पाउनुपर्ने गठबन्धनमा दाबी गरेको छ । चर्चाअनुसार उपेन्द्र यादवले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको दाबी गरेका छन् ।

जसपाले मधेसको मुख्यमन्त्रीमा आफ्नो पार्टीको निरन्तरता चाहेको छ । सोही विषयको सुनिश्चितता नहुँदासम्म जसपाले मन्त्री नपठाएको नेताहरू बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro