प्रविधि
काठमाडौं । एप्पलको एप स्टोरको नियमनलाई लिएर युरोपियन युनियन (ईयू)ले करिब दुई अर्ब अमेरिकी डलर जरिबाना तोकेको छ । ईयूले अन्य कम्पनीले एप्पलभन्दा सस्तो विज्ञापन गर्नबाट रोक्न नसक्ने भन्दै यो जरिबाना तोकेको हो ।
सोमबार एक विज्ञप्ति जारी ईयूले एप्पलले म्युजिक स्ट्रिमिङ एप विकासकर्तालाई एप स्टोर बाहिरका सस्ता म्युजिक स्ट्रिमिङ प्लेटफर्मबारे जानकारी दिन प्रतिबन्ध लगाएको जनाएको छ ।
एप्पलले झन्डै एक दशकसम्म बजारमा आफ्नो प्रभावशाली स्थितिको दुरुपयोग गरेको ईयूको एन्टिट्रस्ट रेगुलेटरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्