site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : पहिलो जितको खोजीमा नेपाल  

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रँदा घरेलु टिम नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । फाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा भुटानको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा भुटानले भारतसँग ७–० को फराकिलो हार व्यहोरेको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यसपछि नेपालले बिहीबार लिग चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल, भुटान, भारत र बंगलादेश गरी चार टिम सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित छ । लिग चरणका शीर्ष दुई टिम उपाधिका निम्ति भिडनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro