site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फोडेन चम्कँदा ‘म्यानचेस्टर डर्बी’मा सिटीको पुनरागमन जित

काठमाडौं । फिल फोडेनको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ ।

आइतबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा फोडेन चम्कँदा सिटीले पुनरागमन जितसहित शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी घटाएको हो ।

Dabur Nepal
NIC Asia

खेलको आठौँ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । ५६औँ मिनेटमा फोडेनले घरेलु टिमका निम्ति बराबरी गोल गरे । ८०औँ मिनेटमा फोडेनले नै गोल गर्दै सिटीलाई २–१ को अग्रतामा राखे । इन्ज्युरी समयमा एर्लिङ हाल्यान्डले गोल गरेपछि सिटीले ३–१ को जित निश्चित गरेको हो ।

जितसँगै २७ खेलबाट ६२ अंक जोडेको सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी एक अंकमा झारेको छ । समान खेलबाट ६३ अंकसहित योर्गान क्लोपको टोली तालिकाको शीर्ष स्थानमा छ । २७ खेलबाटै ४४ अंकको युनाइटेड छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro