site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका मन्त्रीहरूसँग देउवाले गरे छलफल, हेरफेरको तयारी हो ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधत्व गर्ने मन्त्रीहरूसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका देउवाले साँझ पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर छलफल गरेको एक मन्त्रीले पुष्टि गरे ।

प्रधानमन्त्रीसँगको भेटपछि देउवा आफ्नो पार्टीका मन्त्रीहरू फेर्न तयार भएको चर्चा सुरु भएको थियो । संसद्‌मा प्रमुख प्रतिपक्ष सहितका दलहरूले विवादमा तानिएका मन्त्रीहरू हटाउन माग गर्दै उठाएका प्रश्नमा प्रधानमन्त्री प्रचण्डलाई सोमबारको संसद्‌ बैठकमा जवाफ दिन भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जवाफ दिनुअघि प्रधानमन्त्रीले काम गरिसकेको देखाउन सत्तारूढ दलका नेताहरूसँग छलफल गरेका छन् । यही क्रममा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले देउवासँग छलफल गरेका थिए ।

प्रधानमन्त्री र देउवाबीच अख्तियारले टेरामक्स प्रकरणमा बयान लिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउने वा विभागीय जिम्मेवारीबाट हटाउनेमध्ये एउटा विकल्पमा पुग्ने समझदारी भएको स्रोतको दाबी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय