site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थ समितिको बैठकमा बैंकरले भने– ८६ हजार स्टाफ आतंकित भए
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो समय बैंकरमाथि ‘आक्रमण’ भइरहेको नेपाल बैंकर्स संघका पदाधिकारीले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनीहरूले सोबारे जानकारी गराएका हुन् ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनील केसी, निर्वतमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपस्थित थिए ।

अध्यक्ष केसीले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि अनेक ‘प्रहार’ गरिएको बताए । यसले समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।

“पछिल्लो समय हामीमाथि विभिन्न किसिमले प्रहार भएको छ । यसले स्टाब्लिस्ट भएको बैंकिङ क्षेत्र बिग्रेर जाँदा भोलिको दिनमा अर्थतन्त्रमा पनि प्रभाव पार्छ,” उनले भने, “बैंकिङ सेन्सेटिभ सेक्टर हो । अहिले नेपालमा विदेशी लगानी नभित्रिएको अवस्था छ । साउथ एसियामा नै नेपाल सबैभन्दा कम लगानी भित्र्याउने लिस्टमा छ । बैंकिङ क्षेत्रमा यसरी आक्रमण हुँदा त्यसको नकारात्मक प्रभाव वैदेशिक लगानीमा पनि पर्छ ।”

अहिलेको ‘अराजकता’लाई तुरुन्त रोक्नुपर्नेमा उनले जोड दिए । ऋण उठाउन पनि अहिलेको अवस्थामा समस्या भएको उनले बताए । नेपालको बैंकिङ ‘प्रोडक्ट’ अरू देशको तुलनामा सस्तो रहेको उनले उल्लेख गरे ।

पाँच दिनयता १० बैंकर थुनामा रहेका भन्दै उनले त्यसले त्रास सिर्जना गरेको सुनाए । “हाम्रो नियामक निकाय नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकको निर्देशनमा हामी चलेका छौँ । त्यहाँ पनि जानकारी नगराईकन एकैपटक प्रहरीबाट पक्राउ गरी स्टाफहरूलाई लिएर जाँदाखेरि हाम्रा ८६ हजार स्टाफहरू आतंकित भएका छन्,” उनले भने, “असुरक्षित फिल गरेका छन् । किनभने, हामी लोन दिनै सक्दैनौँ भन्दै छन् । लोन दिन साइन गर्नुपर्छ । आजभन्दा चार वर्ष पहिले हामीले लोन दियौँ, त्यतिखेर हेर्दा सबै कन्डिसन ठिक थियो । तर, चार वर्षपछि धेरै कुराहरू परिवर्तन भएका छन् ।”

जग्गाको हकमा पनि पहिलेको मूल्यअनुसार अहिले हुन नसक्ने उनले बताए । अहिलेको घटनाले बैंकिङ क्षेत्र अगाडि बढ्न नसक्ने उनको ठहर छ । अनुसन्धानका निम्ति बैंकहरूले सहयोग गर्ने उनले बताए ।

बैंकर्स संघका निवर्तमान अध्यक्ष एवं नबिल बैंकमा सीईओ ढुंगानाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझ्दै नबुझी बैंकरलाई पक्राउ गरेको जिकिर गरे । धितो भनेर घरजग्गालाई मात्र हेरिएको उनको भनाइ छ ।

“अहिलेको केसमा नेपाल प्रहरीले धितो भनेको घरजग्गा मात्रै हो जस्तो गरेर धितोले नखामेको लोन भनिराखेको छ,” उनले भने, “त्यसो हो भने त हाम्रोजस्तो आयातमुखी देशमा धेरै लोनहरू ट्रेडिङमा होलसेलर, रिटेलर र इम्पोर्टरहरूलाई गएको हुन्छ । जहाँ धितो भनेको सामान मात्रै हुन्छ । भोलि त्यो व्यापार, व्यवसाय डुब्दा धितो केही पनि नहुन सक्छ ।”

निर्माण व्यवसायको हकमा पनि त्यस्तै हुने भन्दै उनले बैंकिङ क्षेत्र नै नबुझी धरपकड गरिएको बताए । अहिले बैंकका कर्मचारीले ऋण शाखामा काम गर्न नपरोस् भनी सरुवा खोज्न थालेको उनले उल्लेख गरे । हाइड्रोपावर क्षेत्रमा पनि खोलाको प्रोजेक्टलाई राखेर अर्बौँ रुपैयाँ ऋण दिने गरिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro