site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री साउद आज राति फिनल्यान्ड जाँदै 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज (आइतबार) राति फिनल्यान्ड जाने भएका छन् । उनी दोस्रो यूएन एलडीसी फ्युचर फोरममा सहभागी हुन फिनल्यान्डको हेलसिन्कीतर्फ जान लागेका हुन् ।

‘यूएन एलडीसी फ्युचर फोरम’ यही मार्च ५ देखि ६ सम्म आयोजना हुँदै छ ।

परराष्ट्रमन्त्री साउदले अतिकम विकसित राष्ट्र समूहको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको रूपमा मार्च ५ मा फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अतिकम विकसित राष्ट्रहरू हेर्ने राष्ट्रसंघीय उच्च प्रतिनिधिको कार्यालय, भूपरिवेष्ठित विकासशील राष्ट्रहरू र साना टापु विकासशील राष्ट्रहरू र फिनल्यान्ड सरकारले ‘एलडीसीहरूमा संरचनात्मक रूपान्तरणका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ यो फोरम आयोजना गर्न लागेको हो ।

फोरमको बहुवर्षीय श्रृङ्खलाले एलडीसीमा संरचनात्मक रूपान्तरण र दिगो विकासलाई बढावा दिन नवविचार, डिजिटलाइजेसन र प्रविधिको प्रयोगको अन्वेषण गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रम साइडलाइनमा परराष्ट्रमन्त्री साउदले फिनल्यान्डका विदेशमन्त्री एलिना वाल्टोननसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । उनको मार्च ८ मा नेपाल फर्कने कार्यक्रम छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro