देश
काठमाडौं । कवाड संकलनकर्ता र व्यवसायीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन जारी राखेका छन् । कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाइएको भन्दै गएको शुक्रबारदेखि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले आइतबार समेत प्रदर्शन गरे । प्रदर्शनकारीले मेयर बालेन्द्र शाह (बालेन)ले ज्यादती गरेको आरोप लगाएका छन् ।
थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि पुग्ने गरी उनीहरूले जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्