site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नयाँलाई मौका दिँदै हङकङमा हुने ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा

काठमाडौं । हङकङमा हुने ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमले स्थान बनाउँदा अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई आराम दिइएको छ ।

Dabur Nepal
NIC Asia

नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने ट्वान्टी–२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ । 

नेपाली टिम :

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा

Nepal-Squad-1709437249.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro