site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नइ प्रकाशनका नाममा सिक्का र टिकट सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कवि वैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा सो बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका छन् ।

राष्ट्र बैंकबाट १०० रुपैयाँको सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँको सो हुलाक टिकट प्रकाशनमा आएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएका छन् ।

राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाममा धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको प्रकाशनले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro