site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा मध्यम वर्षा, काठमाडौंमा पानी पर्न थाल्यो
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

पछिल्लो तीन घण्टामा मनाङमा सबैभन्दा बढी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “पछिल्लो तीन घण्टामा मनाङको गोगा केन्द्रमा १९.६ मिलिमिटर वर्षा भएको छ,” शनिबार बेलुका (६ः२५बजे) उनले बाह्रखरीसित भने, “यो मध्यम वर्षा हो ।”

उनका अनुसार, यो अवधिमा केही स्थानमा हल्का वर्षा भएको छ । “अन्त हल्का वर्षा भएको छ । सबै ठाउँमा १० मिलिमिटरभन्दा कम छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको उनले जानकारी दिए ।

काठमाडौंमा पनि छिटपुट पानी पर्न थालेको छ । शनिबार राति र आइतबार काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए । पानी पर्ने क्रम सोमबारदेखि कम हुँदै जाने उनले जानकारी दिए ।

“सोमबारदेखि क्रमिक रूपमा सुधार हुँदै जानेछ । पानी परे पनि आज र भोलिजस्तो सोमबार पर्दैन, छिटपुट पर्न सक्छ,” उनले भने ।

काठमाडौंमा सोमबार वर्षाको सम्भावना नदेखिएको उनले बताए ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावनाबारे जानकारी गराइएको छ ।

महाशाखाले शनिबार बेलुका ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

२०८० फाल्गुन १९ गते  (शनिबार)

राती: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन २० गते  (आइतबार)

दिउँसो: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन २१ गते  (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदूरपश्चिम र कर्णाली  प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro