site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौँ घाइते
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयताको भारी हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । करिब ३० जना घाइते छन् ।

बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्युजले भारी हिमपातका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग १० हजार जनावर मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, “व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकाले स्थानीय निकै चिन्तित बनेका छन् ।”

अर्का बासिन्दा अमानुल्लाहले सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावितका निम्ति तत्काल सरकारी सहयोगको याचना गरे ।

Global Ime bank

भारी हिमपातका कारण सलाङ पासलगायत प्रमुख यातायात मार्गहरू बन्द भएका छन् । घोर, बडघिस, गजनी, हेरात र बामियानजस्ता विभिन्न प्रान्तहरूमा सडकको पहुँच बन्द भएको छ ।

फर्याब प्रान्तका गभर्नरका प्रवक्ता इस्मतुल्लाह मुरादीले प्रान्तमा भारी हिमपातका कारण अधिकांश जिल्लामा सडक बन्द भएको र दुर्गम क्षेत्रका बासिन्दा अलपत्र परेको जानकारी दिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement