site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड र माधवलाई अघि राखेर देउवाले भने– गठबन्धन सरकार निरन्तर रहन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनको सरकार टिक्ने ग्यारेन्टी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाललाई अगाडि राखेर उनले सो बताएका हुन् । शुक्रबार चितवनको भरतपुर पुगेका देउवाले भने, “अहिले गठबनधनको सरकार छ । यसको निरन्तरता कायम रहनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभामा माओवादीले अध्यक्ष उठाउने निर्णय गरेपछि त्यसको असर गठबन्धनमा के पर्छ भनेर हेरिएको छ । राष्ट्रियसभा निर्वाचन अघिनै कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति भएको दाबी कांग्रेसको छ । यो दाबीकै बीचमा माओवादीको स्थायी कमिटी बैठकले कांग्रेसबाट पटक पटक धोका भएकाले राष्ट्रियसभा अध्यक्ष माओवादीबाटै हुनुपर्ने भनेपछि गठबन्धनको भविष्यमा यसले धक्का पर्छ कि भन्ने विश्लेषण हुने गरेको छ । 

कार्यक्रममा बोल्दै देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय केन्द्र भएको बताए । उनले विश्वपसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज अन्तर्रष्ट्रियस्तरमा पहिचान बनाउन सकेको भन्दै उनले अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको समयमा पर्यटनको विकासले सकारात्मक भूमिका खेल्ने उल्लेख गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय