site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते सदनलाई सम्बोधन गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाइ पत्र पठाएर सो जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आजै सदनलाई सम्बोधन गर्ने तयारी थियो । तर‚ भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न उनी भरतपुर पुगेपछि सम्बोधन कार्यक्रम २१ गते सोमबारलाई सारिएको हो । 

“आज मिति २०८०/११/१८ मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले संघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उहाँ काम विषेशले काठमाडौं उपत्यकाबाहिर रहनु भएको हुँदा मिति २०८०/११/२१ गते सम्बोधन गर्ने गरी व्यवस्था गरिदिनहुन सादर अनुरोध गर्दछु‚” पत्रमा लेखिएको छ । 

प्रतिपक्षी दलहरूले बालकुमारी घटना‚ मिटरब्याजपीडित‚ दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेको छ । सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक पटक रुलिङ गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro