site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा एक सिट पनि नभएका व्यक्ति प्रधानमन्त्री बन्छु भन्दै हिँडेकाे ओलीको टिप्पणी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा एक सिट पनि नभएका व्यक्ति प्रधानमन्त्री बन्छु भन्दै हिड्ने गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरू हिड्ने गरेको बताएका हुन् । 

अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उनले एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे । 

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताए । अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको उनको आरोप छ । उनले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro