site stats
बाह्रखरी :: Baahrakhari
खेल
दोस्रो इनिङको पहिलो पावर प्लेमा नेपालले लियो दुई विकेट 

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो इनिङको पहिलो पावर प्लेमा दुई विकेट लिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ६ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । नेपाललाई सोमपाल कामी र करण केसीले सफलता दिलाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नामिबियाका माइकल भान लिन्गेन १० र मलान क्रुजर तीन रन थपेर पभेलियन फर्किए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्