site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको १४ लाख नगद बरामद, एकजना पक्राउ 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले  प्र.२–०३–०११ प ८३५७ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद १४ लाख दश हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरिएको बताए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक लालबन्दी १४ का ४६ वर्षका धनबहादुर पाख्रिन छन् ।

प्रहरीले उक्त रकम हुन्डी कारोबारीको हुनसक्ने अनुमान गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu