site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भायानेटले जित्यो दुई अवार्ड

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले दुई अवार्ड जितेको छ । सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको हो । एक्स जी एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि–गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराएको भन्दै अवार्ड दिइएको हो ।

कम्पनीले ग्राहकमा उल्लेख्य प्रभाव ल्याउन सफल भएकोले दुई प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको बताइएको छ । अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो ।

Dabur Nepal
NIC Asia

उक्त अवार्डका लागि भायानेट नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रकृयागत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेटलाई विजेताको रूपमा चयन गरेको हो । कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो अवार्ड जितेको बताइएको छ ।

एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्युजबाट सञ्चालन हुँदै आएको छ । भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै भनिन्, “भायानेट सधैँ ग्राहकको आवश्यकताअनुरुप नवीनतम् टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहँदै आएको छ । यी पुरस्कारले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहकप्रतिको प्रतिबद्धतालाई थप उर्जा प्रदान गर्छ ।”

एक्स जी एस फाइबर टेक्नोलोजी, १० गिगाबिट्स प्रतिसेकेन्ड (जीबीपीएस)सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ बजारमा ल्याइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro