site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले गुमायो तेस्रो विकेट, अनिल २३ रन थपेर आउट 

काठमाडौँ । त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौँ ओभरको अन्तिम बलमा ओपनर अनिल साहलाई गुमाएको हो । अनिलले १७ बलमा तीन छक्कासहित टिमको खातामा २३ रन थपे । 

जारी खेलको सात ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ५८ रन बनाएको छ । त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो । शृंखलामा यसअघि दुई खेल खेले पनि नेपाल हालसम्म जितविहीन छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro