राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ रहेछ भनि प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री भरतपुर महानगरपालिकामा पुगेको विषयमा कटाक्ष गर्दै ‘छोरीको नगरपालिका’ भनेका थिए ।
थापाको अभिव्यक्तिप्रति खतिवडाले व्यंग्य गरेका हुन् । “७५३ वटा स्थानीय तहको जानकारी थियो । तर छोरीको नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दोरहेछ ?,” उनले कटाक्ष गरे, “ नयाँ नामकरण भएछ । कुन नगरपालिका रहेछ, छोरीको नगरपालिका ?”
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्