site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टस हारेर ब्याटिङमा आएको नेपालले पावर प्लेमा कटायो ५० रन 

काठमाडौँ । त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा आएको नेपालले पावर प्लेमा ५० रन पूरा गरेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ५१ रन बनाएको छ । हाल क्रिजमा रहेका अनिल साह २३ र गुल्सनकुमार झा १३ रनमा खेलिरहेका छन् । 

त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो । शृंखलामा यसअघि दुई खेल खेले पनि नेपाल हालसम्म जितविहीन छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro