site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फिर्ता गरिदिन ६ सय निवेदन दर्ता, रूसमा भर्ती भएकाले नागरिकता लिन फाराम भर्दैछन् !
फाइल तस्बिर

काठमाडौं । रुसी सेनामा भर्ती भई मृत्यु, घाइते, सम्पर्क विहीन र उद्धारको लागि याचना गर्ने नेपालीको संख्या ६ सय नाघेको छ ।  भर्ना भएकालाई छिटो फर्काउन परिवारका सदस्यले सरकारलाई आग्रह गरिरहँदा रुसी सेनामा भर्ती भएका केही नेपाली युवाहरु भने रुसी नागरिकता लिनको लागि फारामसमेत भर्न थालेका छन् । 

“पछिल्लो दुई दिनमा रुसी सेनामा भर्ती भएका थप १०० नेपालीको परिवार हाम्रो सम्पर्कमा आउनु भएको छ । योसँगै रुसी सेनामा भर्ती भएका ६१३ जनाभन्दा बढीका आफन्त हाम्रो सम्पर्कमा हुनुहुन्छ,” रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुको खोजीमा लागिपरेकी कृतु भण्डारीले बाह्रखरीसँग भनिन् । 

भण्डारीले पछिल्ला केही सातायता रुसी सेनामा भर्ती भई मृत्यु भएका, घाइते भएका, सम्पर्क विहीन रहेका र कार्यरत रही उद्धारको लागि याचना गरिरहेका नेपालीको विवरण संकलन गरिरहेकी छन् । 

Dabur Nepal
NIC Asia

उनीले पीडित परिवारलाई एकत्रित गरी रुसी सेनामा भर्ती भएका युवालाई नेपाल फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आएकी छन् । 

“दुईदिन अघिसम्म यस्ता ५१३ जना परिवारले हामीलाई सम्पर्क गर्नु भएको थियो । यीमध्ये १६ जना मृत्यु भइसकेका, २१ जना मृत्यु भएको भनिएको तर आधिकारिक पुष्टि हुन नसकेका, ११६ जना घाइते भएका, २७२ जना सम्पर्कविहीन भएका र ८८ जना हाल रुसी सेनामै कार्यरत रहेकाको परिवार हुनुहुन्छ,” भण्डारीले जानकारी दिइन् ।

यसअघि रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु भएका, मृत्यु भयो भन्ने अपुष्ट सूचना आएका, रुसी सेनामा भर्ती भएपछि सम्पर्क विहीन भएका, युक्रेनसँगको युद्धमा घाइते भएका र रुसी सेनामा कार्यरत रहेका तर फर्कन चाहेका गरी पाँच थरी परिवारहरु उनको सम्पर्कमा आएका थिए । 

तर पछिल्ला केही दिनयता रुसी सेनामा भर्ती भई त्यहींको नागरिकता लिनको लागि आवेदन दिँदै गरेको नेपाली पनि भण्डारीको सम्पर्कमा आएका छन् । 

“रुसी नागरिकता लिनको लागि आवेदन दिने पाँच नेपालीले हामीलाई सम्पर्क गर्नु भएको छ । उहाँहरुले बाँकी सेवा सुविधा लिनको लागि नागरिकता लिने प्रक्रिया अघि बढाएको हामीलाई जानकारी दिनु भएको छ,” भण्डारीले भनिन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत पुस १९ नयाँ आदेश जारी गर्दै रुसका लागि लड्ने विदेशी नागरिकलाई र उसको परिवारलाई रुसी नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए ।  पुटिनले आदेशमा युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोरा–छोरी र बाबु–आमालाई रुसी नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् । 

रुसी सेनामा भर्ती हुनेले कम्तिमा एक वर्षको लागि सेनामा रहने सम्झौता गरे उसले र उसका परिवारका सदस्यलाई सुरुमै रुसी नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख छ ।  पुटिनको यो आदेशले नेपालमाथि थप चुनौती थपदिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro