विदेश

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने योजना बनाएको भनेर अमेरिकाले झुटो बोलेको बताएका छन् ।
वासिङ्टनले मस्कोलाई आफ्नो रणनीतिमा ढाल्ने प्रयासस्वरुप यस्तो आरोप लगाएको पुटिनको भनाइ छ ।
रूसी संघीय सभामा राष्ट्रका नाममा वार्षिक सम्बोधन गर्दै पुटिनले आणविक हतियार नियन्त्रणको वार्तामा मस्कोलाई ल्याउने चुनावअघिको ‘स्टन्ट’ भएको बताए ।
अन्तरिक्षमा रूसले रणनीति हतियार राख्ने योजना बनाएको अमेरिकी भनाइ निराधार आरोप भएको पुटिनले बताएका हुन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १८:०३
प्रतिक्रिया दिनुहोस्