बाह्रखरी फोटो
-1709205589.jpg)
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको भृकुटीमन्डपदेखि बालुवाटारसम्म सिठ्ठी जुलुससहित मार्चपास गरेको छ ।
पीडितहरू बिहीबार सिठ्ठी बजाउँदै भृकुटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगेको संघर्ष समितिका सचिवालय सदस्य अजय कार्कीले बताए ।
मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो । तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गरेको उनको भनाइ छ ।
साहु महाजनले उनीहरूलाई ऋण दिने र उक्त ऋणबापत बढी रकम असुल गर्नुका साथै घरजग्गा समेत आफ्नो नाममा गरेपछि पीडितहरू पैदलयात्रा गर्दै काठमाडौं आएका थिए ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्