site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविको उपकुलपति छनोट निष्पक्ष : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति छनोट निष्पक्ष ढंगले भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले ‘मेरिटोक्रेसी’का आधारमा निष्पक्ष ढंगले तीनजनाको नाम छनोट गरेको बताए । तीमध्ये एकजनालाई छान्ने अधिकार कुलपतिलाई भएको उनको भनाइ छ ।

उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको बताए । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दल गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

बैठकमा त्यसअघि समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भने पनि हस्तक्षेप भएको जिकिर गरेकी थिइन् । उनले सिफारिस समितिले सिफारिस गरेका व्यक्तिमध्ये पहिलो नम्बरकालाई छाडेर दोस्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसीविपरीत भएको तर्क गरिन् ।

विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उनले टिप्पणी गरिन् ।

समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादरहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro