site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेदरल्यान्ड्सले नामिबियालाई हराउँदा कीर्तिमान नै कीर्तिमान 

काठमाडौं । माइकल लेभिट र साइब्रान्ड एन्गलब्रेटको कीर्तिमानी साझेदारीप्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नामिबियाविरुद्ध ५९ रनको सहज जित निकालेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सले पहिलो इनिङमा बनाएको २४७ रन त्रिवि क्रिकेट मैदानमा भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि, सन् २०२१ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ रन बनाउँदै यो उच्च स्कोरको कीर्तिमान राखेको थियो ।

बिहीबार नामिबियाको ब्याटिङमा जान ग्रिन र जान फ्राइलिन्कले समान ४२ रन बनाए । जेपी कोट्जेले २६ रन थप्दा कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पेलमेनले समान १९ रन जोडे ।

नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले दुई विकेट लिए । साइब्रान्ड एन्गलब्रेट, रोइलोफ भान डेर मेर्वे, भिभियन किग्माल, फ्रेड क्लासेन र आर्यन दत्तले समान एक विकेट लिए ।

त्यसअघि, माइकल लेभिटले कीर्तिमानी ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सबाट आक्रामक रूपमा प्रस्तुत भएका लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रन बनाए । योसँगै लेभिट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सका लागि एकै खेलमा उच्च स्कोर बनाउने खेलाडी बने । यो कीर्तिमान यसअघि म्याक्स ओ‘डाडको नाममा थियो । ओ‘डाडले २०२१ अप्रिलमा त्रिवि मैदानमै मलेसियाविरुद्ध १३३ रन बनाउँदै यो कीर्तिमान बनाएका थिए ।

१५–१ को अवस्थाबाट लेभिटले दोस्रो विकेटका निम्ति साइब्रान्ड एन्गलब्रेटसँग १९३ रनको कीर्तिमानी साझेदारी गर्दै नेदरल्यान्ड्सलाई ठूलो योगफलतर्फ अघि बढाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सले बनाएको यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो । कीर्तिपुरमै यसअघि ओ‘डाड र बेन कुपरले नेदरल्यान्ड्सका लागि सबैभन्दा ठूलो साझेदारी गरेका थिए । ओ‘डाड र कुपरले २०२१ मा मलेसियाविरुद्ध १२५ रनको अविजित साझेदारी गरेका थिए ।

एन्गलब्रेटले डच टिमको खातामा ७५ रन थपे । तेजा निदामनुरुले तीन बलमा १८ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमेनले दुई विकेट लिए । बेन सिकोन्गो र जान फ्राइलिन्कले समान एक विकेट लिए ।

शृंखलामा नेदरल्यान्ड्सको यो लगातार दोस्रो जित हो । नेदरल्यान्ड्सले यसअघि नेपाललाई दुई रनले हराएको थियो । नामिबियाको भने यो पहिलो हार हो । नामिबियाले पनि पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro