site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘नेपाललाई उपाधि दिलाएर देखाउँछौँ’

काठमाडौं । “हामीभन्दा अगाडिका दिदीहरूले पनि राम्रो गर्दै जानुभएको छ । हामी पनि त्यस्तै गछौँ भन्ने छ । यू–१६ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि चुनौती प्रस्तुत गर्छौँ र नेपाललाई उपाधि दिलाएर देखाउँछौँ,” नेपालमै हुने साफ यू–१६ महिला च्याम्पियनसिपको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा घरेलु टिमकी कप्तान भूमिका बुढाथोकीले भनिन् ।

नेपाली युवा टिमको कप्तानी सम्हालेपछि बुढाथोकी पहिलोपटक पत्रकारअघि बोल्दै थिइन् । पहिलोपटक पत्रकारबाट आएको प्रश्नको सामना गरेकी बुढाथोकीको लवज र अनुहारमा यसको डर प्रस्टै देखिन्थो । डरका बाबजुद पनि शुक्रबारदेखि सुरु हुने वाफ महिला च्याम्पियनसिपमा सिनियर टिमले जस्तै आफ्नो टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी राखिन् ।  

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को क्यालेन्डरअनुसार आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश र भुटान गरी चार टिमले सहभागिता जनाएका छन् ।

Dabur Nepal
NIC Asia

U16-woman_-1709200163.jpg
 

यही बेला नेपाली राष्ट्रिय महिला फुटबल टिम साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सिनियर टिमको प्रदर्शनबाट प्रभावित बनेका युवा नेपाली टिमले पनि उपाधि हासिल गर्ने लक्ष्य राखेको छ । 

वाफमा नेपाली टिमको प्रदर्शनबाट उत्साहित कप्तानको भावना बुझेपछि पत्रकारबाट प्रश्न आयो, ‘सिनियर टिममा कसको प्रदर्शन राम्रो लाग्छ ? कुनै दिन उहाँहरूजस्तै बन्ने इच्छा छ ?’

“प्रीति दिदी (प्रीति राई), साम्बा (सावित्रा भण्डारी) र टिमका सबै दिदीहरू राम्रो लाग्छ । उहाँहरूले राम्रो गरिरहनु भएको छ । कुनै दिन उहाँहरूजस्तै बन्ने इच्छा छ ।”

नेपालले यसअघि सन् २०२२ मा बंगलादेशमा भएको यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसबेला कप्तान भूमिका टिमको महत्त्वपूर्ण सदस्य थिइन् । भूमिकाको कप्तानीमा रहेको नेपाली टिमको मुख्य प्रशिक्षकमा चक्र तामाङ छन् । खेलाडी बटुलेर टिम बनाए पनि तामाङले प्रतियोगिता तयारीका लागि एक महिना पाए । तामाङ यू–१५ उपाधि विजेता र वाफमा सिनियर टिमले गरेको प्रदर्शनका कारण आफ्नो टिम उत्साहित रहेको बताउँछन् ।

U16-woman__2-1709200164.jpg
 

“हामीले प्रतियोगिताका लागि एक महिनादेखि तयारी गरिरहेका छौँ । युवा टिमले एक महिनाको तयारी समय पाउनु राम्रो हो । मेरो नजरमा टिमको तयारी राम्रो भइरहेको छ । घरेलु मैदान पनि र गत वर्ष यू–१५ उपाधि पनि हामीले नै जितेकाले प्रेरित छौँ । यही बेला सिनियर टिमको प्रदर्शनले पनि टिममा पोजेटिम भाइभ्स आएको छ ।”

अन्य टिमका दाबी
दक्षिण एसियाका सातमध्ये प्रतियोगितामा पाकिस्तान, श्रीलंका र माल्दिभ्सको सहभागिता छैन । सहभागी चार टिमले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्नेछन् । जसको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगिताअघि भारतका प्रशिक्षक बीबी थोमस भारतले साफका लागि मात्र नभई फुटबल विकासको लागि तयारी गरिरहेको बताउँछन् ।

“दक्षिण एसियाली स्तरमा भारत सधैँ फुटबलमा विकास गरिरहेको देश हो । हामी सधैँ हाम्रो भविष्यमा केन्द्रित हुन्छौँ । हामीले साफका लागि मात्र नभई फुटबल विकासलाई पनि तयारी गरिरहेका छौँ,” थोमसले भने ।

भुटानी टिम खान्डु त्सोमोको प्रशिक्षणमा छ । उनले आफ्नो टिमको मानसिकता राम्रो रहेको बताउँछिन् ।

“हामीले मुस्किलले एक महिना प्रशिक्षणका लागि समय पायौँ । हाम्रो टिमका सबै खेलाडीहरू नयाँ हुन् । टिमका खेलाडीहरू शारीरिक रूपमा कमजोर भए पनि मानसिकता राम्रो छ । मलाई लाग्छ उनीहरूले आफ्नो शतप्रतिशत दिनेछन्,” प्रशिक्षक तिहोमोले भनिन् ।

पछिल्लो समय दक्षिण एसियाली महिला फुटबलको उमेर समूहमा सबैभन्दा उल्लेखनीय प्रगति गरिरहेको देश हो बंगलादेश । प्रतियोगितामा बंगलादेशी टिम साइफुल बरी तितुको प्रशिक्षणमा छ । प्रशिक्षक तितुले बंगलादेशको तयारी सधैँ शीर्ष स्थानमा रहने भएको बताए ।

U16-woman__1-1709200163.jpg
 

“म यू–१९ टिमको प्रशिक्षक पनि भएकाले यो टिमसँग प्रशिक्षणका लागि धेरै समय पाइन । तयारी अन्य प्रतियोगिताका लागि जस्तै राम्रो भएको छ,” प्रशिक्षक तितुले भने, “यस प्रतियोगितामा चार टिम छन् । मलाई लाग्छ दक्षिण एसियाली स्तरमा सबै टिम विजेता बन्न चाहन्छन् । बंगलादेशको तयारी सधैँ शीर्ष स्थानमा रहनका लागि हुन्छ ।”

प्रतियोगिताको तालिका 
नेपालको पहिलो खेलमा शुक्रबार भुटान र भारतले प्रतिस्पर्धा गर्नेछन् । मार्च २ मा नेपालले बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । मार्च ४ मा नेपालले भुटानसँग खेल्नेछ । मार्च ५ मा भारत र बंगलादेश भिड्दा मार्च ७ मा नेपालले भारतसँग खेल्नेछ । यस्तै, लिग चरणको अन्तिम खेलमा बंगलादेश र भुटान मार्च ८ मा भिड्नेछन् । 

लिग चरणका शीर्ष दुई टिम मार्च १० मा उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको सबै खेलहरू सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro