site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सावित्रा भन्छिन्– मैदानबाहिरबाट नेपाली टिमको समर्थनमा हुनेछु

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको फाइनलअघि नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारीले मैदानबाहिरबाटै देशको समर्थन गर्ने बताएकी छन् । आफू मैदानमा नभए पनि बाहिरबाट नेपाली टिमको समर्थन गर्ने बताएकी हुन् ।

साउदी अरेबियामा जारी प्रतियोगिताको फाइनल खेल्न नपाउने भएपछि सावित्राले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । वाफको फाइनल फिफा विन्डोभन्दा बाहिर रहेपछि फ्रेन्च क्लब एन अभान्त गेङगाम एफसी फर्किएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार फिफा विन्डोभन्दा बाहिर रहे राष्ट्रिय टिमको खेलका लागि क्लबले खेलाडी फुकुवा नगर्न पनि पाउँछन् । यसैकारण सावित्रा आज साउदीबाटै फ्रान्स प्रस्थान गरिसकेकी छन् ।

नेपालले प्रतियोगिताको फाइनलमा आजै जोर्डनसँग खेल्दै छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

फाइनल गुमाउने भएपछि सावित्राले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन्–
देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।

वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौँ, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।

मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।

खेलाडीको रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम ! हामी सक्छौँ, हामी गर्छौं ! ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro