site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिटरब्याजपीडितले बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजेदेखि समितिले आन्दोलन र वार्ता समानान्तर रूपले अघि बढ्ने उल्लेख गरेको छ । 

मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो । तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गर्न लागेको जनाएको छ । मिटरब्याजपीडितको समस्यालाई समाधान गर्न सरकारले नजरअन्दाज गरेको समितिको ठहर छ । 

Dabur Nepal
NIC Asia

“हामीलाई थाहा छ, मिटरब्याज समस्या पूर्णरूपमा समाधान हुन्छ भनेर माननीय गृहमन्त्रीज्यूले विजय जुलुस मनाएको ११ महिनापछि पनि समस्या ज्यूँका तिउँ रहनुले उहाँलाई नैतिक संकट परिरहेको छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारले आफूहरूको मागप्रति वेवास्ता गरेर सडक संघर्ष गर्न चुनौती दिइरहेको समितिको बुझाइ छ । पीडितहरूले भृकटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगर सिठ्ठी  जुलुससहित मार्चपास गर्न लागेको समितिले जनाएको छ ।

andolan-1709188455.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro