देश

काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्