site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमाञ्चक खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल दुई रनले पराजित 
SkywellSkywell

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नेपालविरुद्ध दुई रनको रोमाञ्चक जित निकालेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । 

मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो ।

KFC Island Ad
NIC Asia

१७ ओभर समाप्त हुँदा नेपाल १३७–६ को अवस्थामा थियो । जितका लागि अन्तिम तीन ओभरमा ४८ रन आवश्यक हुँदा १८औँ ओभरमा नेपालले १८ रन जोड्दै खेलमा फर्किने प्रयास गरेको थियो । १९औँ ओभरमा पुनः १५ रन बनाएपछि नेपालले खेल आफ्नो पक्षमा ढल्काएको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १५ रन आवश्यक हुँदा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले रोइलोफ भान डर मेर्वेलाई बलिङको जिम्मेवारी सुम्पिएका थिए । 

मेर्वेले गरेको २०औँ ओभरको पहिलो बललाई दीपेन्द्रले चार रनका लागि बाउन्ड्री कटाएका थिए । दोस्रो बल छक्का प्रहार गरेपछि नेपाललाई जितका लागि अन्तिम चार बलमा पाँच रन आवश्यक थियो । तेस्रो बलमा दुई रन लिन खोज्दा करण रनआउट भएपछि नेपाललाई जितका लागि अन्तिम तीन बलमा तीन रन आवश्यक थियो । तर, चौथो बलमा दीपेन्द्रलाई बोल्ड गर्दै मेर्वेले नेपाललाई पुनः दबाबमा राखे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका प्रतिश जिसीले पहिलो बल डट खेल्दा नेपाललाई अन्तिम बलमा जितका लागि तीन रन आवश्यक थियो । तर, अन्तिम बलमा प्रतिशले एक रनमात्र जोडेपछि नेपालविरुद्ध नेदरल्यान्ड्सले दुई रनको रोमाञ्चक जित निकालेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । १९.३ ओभरमा आउट हुनुअघि दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो । १२६–६ को अवस्थाबाट दीपेन्द्रले करण केसीसँग सातौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याए पनि सफल बन्न सकेनन् ।

१९.२ ओभरमा रनआउट हुनुअघि करणले सात बलमा एक छक्कासहित ११ रन थपे । 

नेपालका कप्तान रोहितकुमार पौडेलले ५० रनको अर्धशतकीय इनिङ खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक बनाएका रोहितले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ०–१ को स्थितीबाट रोहितले ओपनर आसिफ सेखसँग ४५ बलमा ६५ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । ८.१ ओभरमा आउट हुनुअघि आसिफले २३ बलमा चार चौका र एक छक्कासहित ३४ रन थपे ।

नेपालले आज पनि ओपनिङ साझेदारी बनाउन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो इनिङको चौथो बलमा ‘डक’ हुँदा नेपालले रनको खाता नै खोलेको थिएन । यस्तै, सोमपाल कामी पनि ‘गोल्डेन डक’ भए । कुशल मल्लले ११ रन जोड्दा सन्दीप जोरा पनि आठ रनमा पभेलियन फर्किए ।

नेदरल्यान्ड्सका मेर्वे र साइब्रान्ड एन्गलब्रेटले समान दुई विकेट लिए । आर्यन दत्त, टिम भान डेर गुटेन र भिभियन किग्माले एक–एक विकेट लिए ।

त्यसअघि ‘डेब्युट्यान्ट’ माइकल लेभिटले अर्धशतक बनाएपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको डच टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

नेदरल्यान्ड्सबाट पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका लेभिटले ५४ रन बनाए । १५–१ को अवस्थाबाट लेभिटले साइब्रान्ड एन्गलब्रेटसँग ६२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ सम्हालेका थिए । नेपालका कुशल मल्लले गरेको ८.५ ओभरमा आसिफ सेखबाट स्टम्प हुनुअघि लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

साइब्रान्ड एन्गलब्रेट ४९ रनमा अविजित रन बनाए । ७७–२ बाट एन्गलब्रेटले कप्तान स्कटल एडवार्ड्ससँग तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ अघि बढाएका थिए । कप्तान एड्वार्ड्सले १६ बलमा पाँच चौकासहित ३३ रन बनाए ।

एन्गलब्रेटले १२३–३ को अवस्थाबाट चौथो विकेटका लागि तेजा निदामनुरुसँग ६१ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्स १८४ रनको योगफसम्म पुगेको हो । 

पहिलो इनिङको अन्तिम बलमा रनआउट हुनुअघि निदामनुरुले २४ बलमा तीन चौकासहित ३१ रन थपे ।

नेदरल्यान्ड्सविरुद्ध पनि नेपाली टिमका बलर किफायती बन्न सकेनन् । नेपालका लागि करण केसी र कुशल मल्लले समान एक विकेट लिए । तीन ओभर बलिङ गरेका करणले २९ रन खर्चिए । चार ओभर बलिङ गरेका कुशलले ३७ रन खर्चिए । 

मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो दोस्रो खेल हो । नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो शृंखलाको पहिलो खेल हो ।

नेपालले अब फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro