site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेभिटको अर्धशतकमा नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य 

काठमाडौं । ‘डेब्युट्यान्ट’ माइकल लेभिटको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालसामु १८५रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको डच टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो ।

नेदरल्यान्ड्सबाट पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका लेभिटले ५४ रन बनाए । १५–१ को अवस्थाबाट लेभिटले साइब्रान्ड एन्गलब्रेटसँग ६२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ सम्हालेका थिए । 

नेपालका कुशल मल्लले गरेको ८.५ ओभरमा आसिफ सेखबाट स्टम्प हुनुअघि लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । साइब्रान्ड एन्गलब्रेट ४८ रनमा अविजित रन बनाए । ७७–२ बाट एन्गलब्रेटले कप्तान स्कटल एडवार्ड्ससँग तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ अघि बढाएका थिए । 

कप्तान एड्वार्ड्सले १६ बलमा पाँच चौकासहित ३३ रन बनाए । एन्गलब्रेटले १२३–३ को अवस्थाबाट चौथो विकेटका लागि तेजा निदामनुरुसँग ६१ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्स १८४ रनको योगफसम्म पुगेको हो । पहिलो इनिङको अन्तिम बलमा रनआउट हुनुअघि निदामनुरुले २४ बलमा तीन चौकासहित ३१ रन थपे । 

नेदरल्यान्ड्सविरुद्ध पनि नेपाली टिमका बलर किफायती बन्न सकेनन् । नेपालका लागि करण केसी र कुशलले समान एक विकेट लिए । तीन ओभर बलिङ गरेका करणले २९ रन खर्चिए । चार ओभर बलिङ गरेका कुशलले ३७ रन खर्चिए । मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो दोस्रो खेल हो । नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो शृंखलाको पहिलो खेल हो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro