site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय संसद्को ओज र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका छन् । 

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका हुन् । उनले संसद्‌मा चयन हुने शब्द र वाक्यहरू संसद्को ओज र गरिमाअनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । 

उनले संसद्‌मा बोलेको कुराहरूको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसद्को त्यो प्रकारको गाम्भीयर्ता कायम हुन नसकेको बताए । सुशासनको शक्तिशाली सन्देश संसद्‌बाटै प्रवाह हुनुपर्ने बताए । संसद्को गरिमा कायम नहुनुमा आफूले नेतृत्व र सांसदहरूलाई भने दोष नदिने स्पष्ट पारे ।

उनले विचारको रिक्तता र शून्यताका कारण संसद्को लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए । विचारको शून्यताको कारण संसद्को मात्र नभइ पार्टीहरू र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ छ ।

उनले भने, "अहिले विचारको शून्यता छ । विचारको रिक्तता छ । त्यसै भएर जताजतै अराजकता छ । संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसद्को । संसद् त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद् आफैँमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद् कति माथि छ । त्यहाँ त्यही ओज र गरिमा कायम छ ? छैन । त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओज, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन ।"

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भ संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए । त्यसप्रकारको साजिसका विरुद्धमा अभियान छेड्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro