site stats
बाह्रखरी :: Baahrakhari
कला
भक्तराज आचार्यको गरियो अन्तिम संस्कार 

काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको अन्तिम संस्कार गरिएको छ । आचार्यको हिन्दु संस्कारअनुसार आज अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । 

उनका छोरा सत्यराज र स्वरुपराज आचार्यले दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । भक्तराजको अन्तिम संस्कारमा ठूलो संख्यामा कलाकार तथा शुभेच्छुक आर्यघाट पुगेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसअघि भक्तराजको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंङ्देन, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत राजनीतिज्ञ प्रतिष्ठान पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । 

कलाकारहरू नीर शाह, हरिहर शर्मा, हरिबंश आचार्य, दीपाश्री निरौला, जितु नेपाल, संगीतकार शम्भुजित बास्कोटा, वसन्त सापकोटा गायक राजेशपायल राई, अञ्जु पन्त, यम बराललगायत ठूलो संख्यामा कलाकर्मी तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि प्रतिष्ठान पुगेका थिए । 

उनको हिजो (सोमबार) दिउँसो ८१ वर्षको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्