site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ९.३४ अंकले बढ्यो, बोटलर्स नेपालको एक कित्ता सेयरको मूल्य १७ हजार ८५५  

काठमाडौं । लगातार ६ दिन ओरालो लागेको सेयरबजार सोमबारदेखि बढ्न थालेको छ । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.३४ अंकले बढ्यो । सोमबार १३.२८ अंकले बढेको थियो ।

लगातार घटेर दुई हजार विन्दु तलसम्म झरेको बजार यस दिन २००१.६४ मा बन्द भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

५२ लाख ३९ हजार ४१६ धितोपत्र एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ६२३ रुपैयाँ २० पैसाले बढेर १७ हजार ८५५ रुपैयाँ ५० पैसामा कारोबार भयो ।

सोनापुर मिनरल्स एन्ड आयलको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भयो । यो कम्पनीको १४ करोड १९ लाख ६२ हजार रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।

कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक ३.५२ प्रतिशतले बढ्यो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro