site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अख्तियार प्रमुखले भने– टेरामक्स प्रकरणमा बयान लिने काम सकियो, छिटै टुंगिन्छ

काठमाडौं । अख्तियार दुरुपयोग आयोग अनुसन्धानका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स प्रकरणमा संलग्नको बयान लिने काम सकिएको उनले जानकारी गराए । यो विषयमा अब छिटै टुंगोमा पुगिने उनको भनाइ छ ।

उनले सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेको थियो । सुरुदेखि नै विवादित यो योजनामा चरम भ्रष्टाचार भएको भन्दै संसदीय समितिको सिफारिसमा अख्तियारले अनुसन्धान थालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro