site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले गुमायो तेस्रो विकेट, रोहित ४२ रनमा आउट
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेल तेस्रो विकेटको रूपमा आउट भएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७.३ ओभरमा कप्तान रोहितलाई गुमाएको हो । रोहितले नेपाली टिमको स्कोरबोर्डमा ४२ रन थपे । अर्धशतक बनाउन आठ रनले चुकेका रोहितले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८३ रन बनाएको छ । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro